बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराऊन तीनै तहको सरकार लागी पर्न आवश्यक रहेको बताउनु भएको छ । भिमफेदि गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रममा सामाजिक सुरक्षा कोषको निमार्णलाई कसरी अघि बढाउने र यसका लाभका बारेमा श्रमिकलाई राम्रोसँग बुझाउन आवश्यक रहेको बताउनु…