२०८३, ३० बैशाख बुधबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बरियापट्टी गाउँपालिकाको उपाध्यक्षले विपन्न परिवारकी छोरीको बिहेमा गरिन् कन्यादान



सिरहा जिल्लाकाे बरियापट्टी गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादवले आर्थिक रूपमा विपन्न परिवारकी छोरीको बिहेमा कन्यादान गरेकी छन्। गाउँपालिका वडा नं‍‍. २, शिरीपुर टोलका बगालु मुखियाकी छोरीको विवाह फाल्गुन २८ गते धुमधामका साथ सम्पन्न भएको हो।

मुखिया परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपाध्यक्ष यादवले व्यक्तिगत रूपमा २ आना सुन तथा कन्यादानमा लागेको सम्पूर्ण खर्च बेहोरेकी हुन्। ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका मुखियाले सहयोगको आग्रह गरेपछि उपाध्यक्षले कन्यादान गर्न समेत सहमति जनाएको बताएकी छन्।

विवाह समारोह बाजागाजासहित सम्पन्न भएको थियो। परिवारका सदस्य तथा गाउँका छरछिमेकबीच दुलहीको मागी विवाह बरियारपट्टी गाउँपालिका वडा नं. ३ निवासी दुलहासँग सम्पन्न भएको छ।

प्रकाशित मिति : २०८१, २९ फाल्गुन बिहिबार ००:००  १२ : ४४ बजे