पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य राजेन्द्रकुमार राईविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट उमेदवार बनेका राईले मतदातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका–१, सफाइटारकी बासुरीवादक तीर्थकुमारी राईलाई नगदसहित सम्मान गरेको आरोप छ । उजुरीमा राईले गाउँमै पुगेर…