बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । सचिनका बुबा तेजेन्द्र परियारले बिहान १० बजे निधन भएको जानकारी दिए । कलिलो उमेरमा मिठो स्वर भएका भाइरल सचिन बालगायकका रुपमा परिचित छन् । उनले थुप्रै गीत गाएका छन्, साथै अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो…