काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृहमन्त्रालय आफैंले पाउनुपर्ने अडान लिने भएको छ । पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको गृहमन्त्रालयमा पार्टीले अर्को व्यक्ति तोक्न सक्ने बताए । नेपाल प्रेससँग कुरा गर्दै अर्यालले पार्टीगत हैसियतका आधारमा मन्त्रालय भागबन्डा गरिँदा आफ्नो पार्टीले गृह पाएको उल्लेख गर्दै अरुलाई…