बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश देशकै पर्यटकीय हब बन्ने बताएका छन् । प्रदेश सरकारले बागमतीका सबै जिल्लामा पर्यटन विकास र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने नीति लिएको र स्थानीय तहले समेत आ–आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यको विकास गरिरहेकाले यो प्रदेश पर्यटकीय हब बन्ने मुख्यमन्त्री लामाले बताएका हुन् ।
भक्तपुरको सुर्यविनायक नगरपालिका ३ मा सांस्कृतिक तथा व्यापार महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री लामाले सांस्कृतिक कृषि, व्यापार र महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने बताएका छन् । विश्वका नागरिकलाई आकर्षण गराउन सक्ने प्राकृतिक सम्पदा देखि बहुभाषा, संस्कार र पहिचान रहेको अझ अर्गानीक कृषि उत्पादनले समेत पर्यटकलाई आकर्षित बनाएको उनको भनाई थियो ।
प्रदेश भित्रका धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवम् अन्तराष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँको स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तराष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरण गर्नुपर्ने उनको भनाई थियो । यस अर्थमा यस क्षेत्रका उत्पादनको बजारीकरण र यहाँको व्यवसायिक सम्भावनाहरुको उजागर गर्नमा प्रदेश सरकार सधै सकरात्मक रहेको बताएका छन् ।
एकैदिन दुई देखि चारवटा सम्म पर्यटनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरिरहेका मुख्यमन्त्री लामाले विकासका आयोजनालाई पर्यटनसँग जोड्नुपर्ने बताउने गरेका छन् ।
भक्तपुरका सांसद दुर्लभ थापाले भक्तपुर जिल्ला ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवम पर्यटकिय स्थानहरुकोले भरिभराउ क्षेत्र भएकाले शिक्षा स्वास्थ्य, यातायात विकासमा क्रमश अगाडि बढ्दै गएको बताए । देशको राजधानी र उपत्यकाको एक महत्वपुर्ण व्यवसायिक केन्द्रको रुपमा विकसित भएको बताए ।
‘भक्तपुरको कृषि पर्यटन कला र संस्कृति गौरवको शान, सुर्यविनायकलाई पहिचान गराउने महान अभियान’ भन्ने मुल नाराको साथ राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल र संयुक्त नेपाल मेलाले आयोजनाा गरेको कार्यक्रम कार्तिक २२ गते सम्म संचालन हुने आयोजकले जानएको छ ।
यसैबीच मुख्यामन्त्री बहादुरसिंह लामाले मकवानपुरको ऋषेश्वरी मन्दीरमा गौतम बुद्धको मर्ती अनावरण गरेका छन् । मकवानपुर जिल्लाको गढी गाउँपालिका ८ बुढीचौर स्थीत रहेको मन्दीरमा एक कार्यक्रमका बीच मुख्यमन्त्री लामाले शान्तीका प्रतिक गौतम बुद्धको मुर्ती अनावरण गरेका हुन् । इतिहास र सांस्कृतिक रुपले निकैनै महत्व बोकेको गढी गाउँपालिकामा कृषि प्रचुर संभावना र पर्यटन आकर्षणको एक केन्द्र विन्दु रहेको मुख्यमन्त्री लामाले बताएका छन् । गाउँपालिकाले अघि सारेका पर्यटन र पूर्वाधार विकासका योजनामा प्रदेश सरकार संधै सकरात्मक रहेको लामाले बताए ।
बागमतीका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले मन्दिरको भौतिक विकासको लागि ५ लाख रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
गढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तनले गढीको आर्थिक विकासका लागि पर्यटन र जडिबुटी महत्वपूर्ण माध्यम रहेको बताए । प्रचुरसम्भावना भएका पर्यटकीय गन्तव्य प्रचारप्रसारको अभावले ओझेलमा रहेको र औषधी जन्य जडीबुटी अनुसन्धान र प्रशोधन नहुँदा संकलन र निकासी हुन नसकेको पालिका अध्यक्ष लामाको भनाई छ ।
ऋषेश्वरी मन्दिर यसक्षेत्रको पर्यटनको केन्द्र रहेकाले पर्यटक आकर्षण गर्न घरबास सेवा (होमस्टे) सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।