२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैसा नतिरि धरहरा चढ्न नपाइनेः नेपालीलाई स्वदेशीलाई दुई सय, विदेशीलाई कति ?

शुल्क नबुझाई फोटो, भिडियो खिच्नसमेत नपाइने



शुल्क नतिरि धरहरा चढ्न नपाइने भएको छ । भुकम्पले ढालेको धरहरा पुननिर्माणपछि यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको भएपनि अब धरहरा चढ्न पैसा तिर्नुपर्ने भएको हो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा चढ्ने व्यक्तिबाट शुल्क उठाउने सरकारले तयारी गरेको छ । स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गरिएको छ ।

धरहरा चढ्नेबाट शुल्क उठाउने सहरी विकास मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यससँगै अब मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने छ ।

स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ ।

यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा रु पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८१, ८ मंसिर शनिबार ००:००  ३ : ४५ बजे