तेह्रथुम। मेन्छ्यायेम गाउँपालिकाले युवायुवतीलाई स्वरोजगारमुलक तालिम दिने भएको छ । बेरोजगारलाई स्वरोजगार बनाउने उद्देश्यले स्थानीय स्तरमै तरकारी खेती, सिकर्मी, डकर्मी, हाउस वाइरिङ, प्लम्बिङ, सिलाइकटाइ, कृषि उपजको प्याकेजिङ जस्ता तालिम दिन लागेको गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गले अनलाइन सरोकारलाई बताए । उनका अनुसार युवालाई दक्ष बनाउनका लागि गाउँपालिकाले आर्थिक वर्ष ०७९ - ०८० मा ३० लाख रकम विनियोजन…