२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैदेशिक रोजगारीः पश्चिम नवलपरासीमा ७० ठगिए   



नवलपरासी । वैदेशिक रोजगारमा  जाने पश्चिम नवलपरासीका ७० जना ठगीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार एक वर्षको अवधिमा ७० जनाले वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएको उजुरी दर्ता गरेका हुन् ।

जसमध्य २५ जनालाई लेनदेको विषयमा फर्छौट गरिसकेको र १ जनालाई अभद्र व्यवहारको मुद्दा दायर भएको मुद्दा शाखाका राज कुमार यादवले बताए । उनका अनुसार कतिपय उजुरी गर्ने व्यक्ति र एजेन्टहरुलाई हाजिर गराई तारेखमा राखिएको छ ।

दश महिना पहिला वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै मोहन सहानीले एक लाख रुपैयाँ लिए । विदेश पठाउन नसकेपछि पैसा माग्दा आलटाल गर्दै आएका पाल्हीनन्दन ४ का राजेन्द्र कुर्मीले  बताए ।

पैसा फिर्ता नहुँने भएपछि   उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए । तर पनि प्रशासनले प्रक्रिया अगाडि नबढाएको उनको दाबी छ । उनले भने, ‘प्रश्न गर्दा नआतिनुस, तपाईको काम हुन्छ, भन्दै मुद्दा शाखाका कर्मचारीले आश्वसन दिने गरेका छन् ।’ उनका अनुसार वैदेशिक रोजगारमा जाने कामदारको संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले २०७२ जेठ २६ गतेदेखि मलेशिया, कतार, साउदी अरेविया, दुबई, कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने कामदारहरुलाई निःशुल्क भिसा तथा टिकट व्यवस्था गरेको छ । तर म्यानपावर कम्पनीहरुले एक लाख रुपैयाँभन्दा बढी लिने गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७९, ६ भाद्र सोमबार ००:००  २ : १७ बजे