२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोहलपुर नगरपालिकाले पशु विमा गराउने



बाँके।  बाँकेको कोहलपुर नगरपालिकाले अनुदानमा पशु विमा गराउने भएको छ । सोमबार सूचना जारी गरी नगरपालिकाले जानकारी दिएको हो ।

कृषकले पालिरहेका बाख्रा, गाईं, भैंसी र बंगुरको पशु बिमामा अनुदान दिने निर्णय गरेको सो सूचनामा उल्लेख छ ।

अनुदानका लागि नागरिकताको प्रतिलिपि, बाख्रा, गाई, भैंसि र बंगुरको पशु बिमा गरेको कागजात र वडा कार्यालयको सिफारिसहित नगरपालिकाको पशु विभागमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९, ७ भदौ मंगलबार ००:००  १० : ३९ बजे