काठमाडौं।सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ। वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्। स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम…