काठमाडौं। काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् ।
मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भने, घटनाबारे थप अनुसन्धान हुँदैछ ।’












