२०८१, ७ मंसिर शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुटानमाथि नेपालको सहज जित



काठमाडौं। आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् । साना प्रविनले १२ रन जोड्दा सृष्टि जैसीले ८ रन तथा आश्मा पुलामीमगर ३ रनको योगदान गरिन् । भुटानका सांगे वाङ्मोले तीन तथा अन्जुली घली र सोनमले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।

नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले दुई­–दुई विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । भुटानको यो लगातार तेस्रो हार हो । अंक विहीन भुटान पुछारमा रहेको छ ।

अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २०७९, २३ जेठ सोमबार ००:००  २ : ३७ बजे