२०८२, १६ चैत्र सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुकका साथीले बर्थ डे मनाउन बोलाएर गरे सामुहिक बलात्कार



काठमाडौं। बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका( ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।

प्रेमीको जन्म दिन मनाउन बाँके(बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेका थिए ।

प्रहरी प्रवता न्यौपानेले किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर दुईदिनसम्म बलात्कार गरेको बताए ।

बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमी हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु छन् ।

बलात्कारबाट बेहोस भएकी किशोरीलाई दुई जनाले मोटरसाइकलमा राखेर नेपालगञ्ज ल्याउँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरुले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले थप ५ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

बलात्कारमा परेकी किशोरीलाई उपचारपछि आश्रयस्थलमा राखिएको छ ।

प्रकाशित मिति : २०७९, २३ जेठ सोमबार ००:००  २ : २७ बजे