राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्याग्दीबाट नवनिर्वाचित सांसद महावीर पुन फेरि सडक किनारमा आफ्नो आत्मकथा बेच्न ओर्लिएका छन्। पोखरा महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएको सन्दर्भमा, मेयर धनराज आचार्यको सुझाव बेवास्ता गर्दै पुनले आफ्नो अभियान जारी राख्ने बताएका हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले शपथ ग्रहणको टुंगो नलागेकाले आफू फुर्सदिलो रहेको र त्यसैले सडकमा…