मकवानपुरमा जीप दुर्घटना परी गम्भीर घाइते भएकालाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएको हो । मंगलबार (भदौ २) बिहान करिब ७ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको जीप दुर्घटना भएको थियो । उक्त जीपमा उच्च अदालत वीरगन्ज इजलासका मुख्य न्यायाधीश ५७ वर्षीय…