यसवर्षको तिहारमा लक्ष्मीपूजाको साँझ गत वर्षको भन्दा बढी बिजुली खपत भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रह्यो। तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने, बत्ती बाल्ने, घर उज्यालो बनाउने र फूलहरूले सजाउने यस पर्वको विशेषता हो। दिपावली र बत्तीलाई…