कालीकोट जिल्लामा दसैँ र तिहार मनाउन आएका नागरिक तिहारको भोलिपल्टै कर्मथलो फर्किन थालेका छन् । मुलुकका विभिन्न सहरमा पढ्दै गरेका विद्यार्थी र मजदुरीका लागि घर छोडेका कालीकोटका विभिन्न स्थानीय तहका नागरिक तिहार सकिएसँगै कर्मथलो फर्किन थालेका हुन् । दसैँ मनाउन घर आएका विद्यार्थी धमाधम सहर फर्किन थालेका हुन् । नरहरिनाथ गाउँपालिका–१, कोटवाडाका गणेश विष्टले तिहार…