२०८३, ५ जेष्ठ मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार दिउँसो पौने ४ बजेतिर थाइ लायन एयरबाट काठमाडौं आएका भारतीय नागरिकलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैंककबाट आएका भारतका नरपत सिंह सोलंकी छन्। भन्सार क्षेत्रमा जाँच पछि टनेल गेटबाट निस्किने क्रममा शंका लागेर उनलाई रोकेको थियो।

उनको गतिविधि शंकास्पद भएपछि नियन्त्रणमा लिएर उनलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो।

भिडिओ एक्सरे गर्दा उनको मलद्वारमा एउटा डल्लो सुन पेला परेको हो।

प्रहरीले अन्दाजी ९० ग्राम बराबरको सुन फेला पारेको थियो।

उक्त सुन निकालेर पछि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा बुझाउने तयारी छ।

प्रकाशित मिति : २०८२, ५ कार्तिक बुधबार ००:००  १२ : ०१ बजे