२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनको बैठक बस्दै,मन्त्री हेरफेरको तयारी



काठमाडौ । सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।

बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । साथै उनले नयाँ मन्त्रीका रुपमा नेताहरुको नाम समेत टुङ्ग्याइसकेको छ ।

यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बुझिएको छ ।

प्रकाशित मिति : २०७९, ८ असार बुधबार ००:००  ११ : ५८ बजे