२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा बाटोसँगै घर भासियो



काठमाडौं। पोखरामा केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए ।

‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढारजस्तो भएको छ ।’

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७९, १२ असार आइतबार ००:००  १० : ५४ बजे