२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेन र हर्कबाट हामीले सिक्नुपर्छ माधव नेपाल



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्कराज राई साङपाङबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएर बालेन र हर्कले मेयर जितेको उल्लेख गर्दै उनले राम्रा नीति र प्रचार गर्न सकेमा जितिने बताएका हुन्।

आइतबार काठमाडौंमा भएको अनेमसंघ ९समाजवादी० को तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले बालेनले गायका गीत पनि आफूलाई मन परेको बताए।

बालेनले र्‍यापमात्र होइन राम्रो नीति पनि अघि सारे। प्रचार पनि गरे, काठमाडौंको मेयर जिते,’ उनले भने, ‘हर्क पनि एक्लै उठेर धरानमा मेयर जिते। अटोमा राख्दै बिरामी उपचार गर्न अस्पताल लैजाने गर्दा रहेछन्। उनका काम जनताले हेरेका थिए।’

उनले स्थानीय चुनावमा केही ठाउँमा स्वतन्त्रले जितेपछि स्वतन्त्र उम्मेदवारी लहर नै चलेको बताए।

उनले आफ्ना भ्रातृ संगठनहरूलाई राम्रा काम गर्न र प्रचार पनि गर्न आग्रह गरेका थिए। ‘स्वतन्त्र उठेर मात्र हुन्न, राम्रा काम र इमान्दारिता चाहिन्छ,’ उनले भने।

गठबन्धन गर्दा स्थानीय चुनावमा कांग्रेस र माओवादीले केही ठाउँमा साथ नदिँदा पार्टीका उम्मेदवार पराजित भएको पनि अध्यक्ष नेपालको भनाइ थियो।

प्रकाशित मिति : २०७९, १२ असार आइतबार ००:००  १ : १४ बजे