२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाहीको माग



नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको जगन्नाथपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बैजनाथ शर्मा माथी भएको कुटपिटमा संलग्नलाई नेपाल स्वास्थ्य कर्मी संघ नवलपरासीले कारवाहीको माग गरेको छ।

संघका अध्यक्ष बाबुराम तिमिल्सिनाका अनुसार शर्मालाई बिहीवार राति ९ बजेतिर आफ्नो क्लिनिक बन्द गरि घरमा फर्किदै गर्दा कुटपिट भएको बताए  । तिमिल्सिनाले भने  -“घर फर्किने क्रममा अपरिचित व्यक्तिहरूले कुटपिट गरि घाइते बनाएको हुँदा हामिले तत्काल छानबिन गरि दोषी उपर कानुनी कारवाही होस भनी माग गर्दछौँ ।”


जनताको प्रत्यक्ष सेवामा खटिने स्वास्थ्यकर्मीहरू माथि यस्ता घटनाहरू दोहरिरहनुले स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर हुने र नागरिकको सुरक्षामै गम्भीर प्रश्न उठेको तिमिल्सिनाले बताए  ।

प्रकाशित मिति : २०७९, १८ असार शनिबार ००:००  ११ : ५२ बजे