२०८२, २४ माघ शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन बोर्डका दुई सदस्यलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले हटाएका नेपाल पर्यटन बोर्डका सदस्यद्धय नवाङ निमा शेर्पा र कृष्णकुमार साहलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कार्यकाल बाँकी रहँदा नै तत्कालीन पर्यटनमन्त्री आलेले सदस्यद्धयलाई हटाउने निर्णय गरेका थिए ।

त्यसपछि सदस्यद्धय नवाङ निमा शेर्पा र कृष्णकुमार साह सर्वोच्च पुगेका थिए । सर्वोच्चले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई काममा फर्काउने निर्णय गरेको हो । सर्वोच्चले सरकारसँग उनीहरूलाई हटाउनुको कारण माग गरेको छ । तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका तीन सदस्य चन्द्ररिजाल, शेर्पा र साह मध्ये दुई जनालाई आलेले हटाएका थिए ।

प्रकाशित मिति : २०७९, १८ असार शनिबार ००:००  ५ : ४२ बजे