२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाडादेवीमा कांग्रेस सभापति सहित ७९ जना एमालेमा प्रवेश



काठमाडौं । नेपाली कांग्रेसका रामेछापको खाडादेवी गाउँपालिका कार्य समितिका सभापति तेज घिसिङ सहित ७९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा नेतृत्वको मनोमानी र घात-अन्तर्घातका कारण पार्टी सदस्यहरुमा चरम निराशा छाएको र पार्टीमा डन र धनको महत्व बढेकाले आफूहरु एमालेमा प्रवेश गरेको घिसिङले बताएका छन् ।

शनिबार युवा संघको केन्द्रीय समिति बैठकका क्रममा नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  ११ : ३७ बजे