काठमाडौँ । संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले सोमबार आज सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।
नायब सुब्बा बचाउ अभियानको पहलमा हातमा विभिन्न नारा र मागहरू उल्लेखित प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन र सेवा प्रवाह गर्न सबै भन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न यो कार्यक्रम राखिएको एक कर्मचारीले बताए ।











