२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“हातमा दही जमाएर बस्दैनौं”: विप्लव



काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना महासचिवसहित नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि हातमा दही जमाएर नबस्ने बताएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले तत्कालीन केपी शर्मा ओली सरकारसँग आफूहरूले गरेको तीन बुँदे सहमतिको सरकारका तर्फबाट पालना नभएको आरोप लगाइएको छ।

विभिन्न मुद्दामा जेल परेका आफ्ना पार्टीका नेता-कार्यकर्तालाई रिहा गर्ने सहमतिको बुँदाविपरीत अदालतले नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्नु उनले षड्यन्त्र भनेका छन्।

 ‘देश र जनताका विद्यमान यावत समस्याका विरूद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वका विरूद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  ५ : ३१ बजे