२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिताराम गुरुङ एमालेमै सकृय !



काठमाडौं । ओखलढुंगाका कम्युनिष्ट नेता सिताराम गुरुङले नेकपा एमालेमै सकृयता देखाएका छन् । स्थानीय निर्वाचनमा सिद्धिचरण नगरपालिकामा स्वतन्त्र उमेदवार बनेपछि पार्टीको कारबाहीमा परेका गुरुङले पछिल्लो समय एमालेकै कार्यक्रमहरुमा उपस्थिती जनाइरहेका हुन् ।

स्वतन्त्र उमेद्वार बनेर पार्टीको आधिकारीक उमेद्वारलाई पराजित गर्न लागेको आरोप लागेका गुरुङ एमालेका प्रदेश कमिटी सदस्य समेत थिए । निर्वाचन समिक्षा गर्न बसेको प्रदेश कमिटीले गुरुङलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले ओखलढुंगा जिल्ला कमिटीको बैठकमा समेत सुनाएका थिए । नवौं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा पराजित भएका गुरुङलाई जिल्ला कमिटी अध्यक्ष शंकर कट्वालले विज्ञप्ती जारी गर्दै पार्टी हित विपरित कार्य गरेको भन्दै कारबाही गरिएको जनाएका थिए ।

पार्टी भित्र विधि र पद्धतीको लडाइँ लडेको बताउने गुरुङ भने निरन्तर एमालेका गतिविधिमा लागिरहेका छन् ।


महंगी र भष्ट्राचार विरुद्ध एमालेले आवहन गरेको प्रदर्शनमा अग्रभागमा उपस्थित गुरुङले नेकपा एमालेमै आफु निरन्तर लागिरहने बताए । आफुले उठाएका मुद्दाहरुमा पार्टीले गम्भिरता देखाएको भन्दै उनले आगामी निर्वाचनमा पार्टीका आधिकारीक उमेद्वार जिताउन लाग्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,-‘नेकपा एमालेका औपचारिक फोरमहरुमा काम गरि रहेको छु मैले जिकिर गरेका मुद्दाहरुलाई पार्टीले एक हदसम्म स्वीकारेको बुझेको छु पार्टी केन्द्रले स्थानिय निर्बाचनमा गरेको गल्तीको भलिभाती जानकारी राखोस आगामी आम निर्बाचनमा सही जिम्मेवर कार्यकर्ताको मनमा बसेको नेता भएमा बिजय सुनिस्चित जय एमाले ।’

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  ७ : ०३ बजे