२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा पुरिए एकै परिवारका पाँच जना



म्याग्दी। म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका-२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले तीन वटा घर बगाएको छ। एउटा घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो।

मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्।

 

प्रकाशित मिति : २०७९, १७ श्रावण मंगलबार ००:००  ३ : २८ बजे