बुटवल। लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले मन्त्री परिवर्तन गर्ने या नगर्ने विषयमा आज टुङ्गो लगाउने भएको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मन्त्रीहरू परिवर्तनको विषयमा केन्द्रीय नेताहरूसँगै छलफल गरेर आज नै टुङ्ग्याउने बताएका हुन् । काठमाडौँमा रहेका कनैडियालले प्रधानमन्त्री र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यो विषयमा आज फाइनल गर्ने बताए ।
नेपाली काँग्रेसको प्रदेश संसदीय दलको असार १३ गते बसेको बैठकले मन्त्रीहरू परिवर्तन गर्ने विषयमा निर्णय गरेको थियो । तर प्रदेशको निर्णयमा केन्द्रीय नेताहरूको राय माग्दा ढिलाइ भएको हो । लुम्बिनीमा सरकार गठनका बेला २०७८ साउनमै सरकारको नेतृत्व आठ/आठ महिना गर्ने गठबन्धनमा भद्र सहमति भएको थियो । तर, केन्द्रीय गठबन्धनमै समस्या पर्ने भन्दै केन्द्रबाट सरकारको नेतृत्व परिवर्तन नगर्ने बरु मन्त्री परिवर्तन गरेर समाधान खोज्ने सहमतिपछि मन्त्री परिवर्तनमा गठबन्धनका दुई दल लागेकाछन् ।












