२०८३, २९ बैशाख मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसद थापासँग महानगरपालिकाका मेयर बालेनको भेट



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापासँग भेट गरेका छन्। बुधबार मेयर शाहसँग भेट भएको थापाले जनाएका छन्।

भेटमा काठमाडौंको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायत विषयमा अर्थपूर्ण छलफल भएको थापाले बताएका छन्। ‘काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ,’ थापाले ट्विटरमा भनेका छन्।

प्रकाशित मिति : २०७९, १९ श्रावण बिहिबार ००:००  ४ : १७ बजे