२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघले खोल्यो त्रिवि सेवा आयोगमा लगाएको ताला



काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ।

नेविसंघले ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्रध्यापकको अन्तरवार्ता रोकिएको थियो।नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिए।

सेवा आयोगले २०७७र०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तरवार्ता गत साउन १५ गतेदेखि सुरू गर्ने तालिका थियो। तर तालाबन्दीले अन्तरवार्ता रोकिएको छ।

नेविसंघले गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकहरूको अन्तरवार्ता रोक्न माग गर्दै तालाबन्दी गरेको थियो।

प्रकाशित मिति : २०७९, २२ श्रावण आइतबार ००:००  ११ : ५६ बजे