ओखलढुङ्गा। खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले ५ वर्ष भित्र गाउँपालिकाका हरेक टोल र गाउँमा १२ महिना साना ठूला गाडी चल्ने बाटो बनाउने बताएका छन् । उनले खिजीदेम्वा गाउँपालिकालाइ कृषि र पर्यटनबाट समृद्ध बनाउने लक्ष्य लिएको समेत बताए ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा बोल्दै अध्यक्ष शेर्पाले सो कुरा बताएका हुन । उनले आफूले नीति कार्यक्रम तथा बजेटमा ९० प्रतिशत बाटोलाई केन्द्रिक राखेर छुटाएको बताए । उनले भने “मैले मुख्य कृषि, शिक्षा, स्वस्थ, पूर्वाधार, र पर्यटनलाई मुख्य केन्द्रमा राखेर काम गर्ने योजना बनाएको छु सोही अनुसार काम गर्नेछु ।
उनले गाउँपालिकाको परिवर्तन गर्न ठुलै काम गर्न नपर्ने, बजेटलाई सही तवरले बितरण गर्न सके मुहार फेर्न सकिने समेत बताए । शेर्पाले ३ वर्ष भित्र उपचारकाकालागि राजधानी जाने समस्याको समेत हाल गर्ने बताए ।












