२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ अस्पतालमा अक्सिजन प्लान्ट जडान



खोटाङ।  जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ ।

अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ ।

अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन हुने बायो मेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले बताइन् । उत्पादित अक्सिजन रित्तो सिलिन्डरमा भरेर जिल्ला अस्पतालमा प्रयोगमा ल्याइसकिएको छ । हाल जिल्ला अस्पतालको ५० शय्याको भवन निर्माणाधीन अवस्थामा छ ।

५० शय्याको अस्पताल तयार भएपछि पाइप लाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्‍याउने गरी व्यवस्थापन हुने जानकारी दिइएको छ । अक्सिजन प्लान्ट अभावमा अक्सिजनको सिलिन्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २०७९, २४ श्रावण मंगलबार ००:००  ११ : ३१ बजे