२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसान महङ्गोमा मल खरिद गर्न बाध्य  



नवलपरासी। पश्चिम नवलपरासीका किसानहरू नेपालमा रासायनिक मल नपाएपछि भारतबाट महँगो दरमा खरिद गर्न बाध्य भएका छन् ।

कृषि प्रधान देश भएपनि नेपाल सरकारले किसानहरूलाई मल, बिउबिजन उपलब्ध गराउन सकेको छैन । नेपालमा प्रत्येक वर्ष रासायनिक मल अभाव हुँदै आएको छ । नेपालमा मल नपाएकै कारण भारत पुगेर अवैधानिक रुपमा मल ल्याउन बाध्य भएको किसानहरूको गुनासो छ । खेतको बाटो प्रयोग गरी भारतबाट मल ल्याउँदा अभद्र व्यवहार गर्ने, पक्राउ गर्ने गरिएको स्थानीय किसानहरू बताउँछन् ।

सरकारले प्रत्येक वर्ष रासायनिक मलका लागि बजेट विनियोजन गरेको गरेपनि मल उपलब्ध गराउन सकेको छैन । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना नहुँदा प्रत्येक वर्ष किसानले मलको समस्या झेल्न बाध्य भएका छन् ।

पहाड र मधेशका कृषकहरूले खेतमा प्रयोग गर्ने मल, बिउ बिजन लगायतका सामग्रीहरू नेपालमा नपाएपछि बाध्य भएर भारत जानु परेको स्थानीय किसान बाबुलाल गुप्ता बताउँछन् । किसानको समस्यामा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार मौन बनेको पनि उनले बताए । आफ्नो देशमा मल उत्पादन हुन नसक्दा अर्को देशमा पुगेर ल्याउँदा महँगो पर्ने गरेको उनको भनाइ छ ।

नेपालमा ८ सय ५० रुपैयाँ पर्ने युरिया मल भारतबाट ल्याउँदा १३ सय रुपैयाँ परेको उनको गुनासो छ । यस्तै ५० प्रतिशत भन्दा बढी किसानले मल बिना नै रोपाइ गरेका स्थानीय किसान गुप्ताको भनाइ छ ।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  १० : ५७ बजे