२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली-लिङ्देन वार्ता, चुनावमा समझदारी गर्ने सहमति



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा भएकाे यि दुइ नेताकाे भेटवार्ता हुनुले राजनितिमा नयाँ सन्देश दिएकाे छ ।

चुनाव नजिकिँदै जाँदा शीर्ष तहमा भेटघाट हुनु स्वाभाविक भएको भन्दै एक नेताले भने, ‘उहाँहरू एउटै जिल्लाको भएको कारणले पनि पार्टी पार्टी बीचको सम्बन्धका विषयमा कुराकानी भएको हुन सक्ला ।’

प्रकाशित मिति : २०७९, २८ श्रावण शनिबार ००:००  २ : ५१ बजे