२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीको चिन्हबाटै चुनाव लड्दै बाबुराम



काठमाडौं। नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिन्हमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् ।

दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ ।

नेसपाका अध्यक्ष  महेन्द्र राय यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिन्ह लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले भने,‘उहाँहरूको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरु माओवादीकै चुनाव चिह्नमा जाने सम्भावना छ ।’

माओवादी नेताहरूका अनुसार नेसपाका नेताहरूले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् ।

जसपामा असन्तुष्ट रहेका कतिपय सांसद पनि आफूहरुको सम्पर्कमा रहेका नेसपाका नेताहरु बताउँछन् । नेकपाका एक पदाधिकारीका अनुसार भोलि साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको छ ।

तीन नेताबीच भएको भेटमा सत्तारुढ गठबन्धनमा नेसपाको सहभागिताबारे पनि कुराकानी भएको थियो । ‘हामी यो गठबन्धनको संस्थापक हौं, त्यसैले गठबन्धनमा हाम्रो हक लाग्छ,’ नेसपाका अध्यक्ष यादव भन्छन्,‘यसका लागि वातावरण बनाउन हामीले आग्रह गरेका छौं, उहाँ सकारात्मक हुनुहुन्छ ।’

नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २०७९, २९ श्रावण आइतबार ००:००  ३ : १६ बजे