२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिवद्धता तोड्दै विराटनगरका मेयरद्वारा सरकारी गाडीको प्रयोग



विराटनगर । निर्वाचनमा लोकप्रिय हुन् जनतामाझ गरेको प्रतिवद्धता विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीन महिनामै  तोडेका  छन्  ।

निर्वाचनको समयमा महानगरपालिकाको मेयरमा निर्वाचित भए आफ्नै निजी गाडी प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर, निर्वाचित भएको तीन महिना पनि नबित्दै मेयर कोइराला आफ्नो चुनावी प्रतिवद्धता विपरीत सरकारी गाडी प्रयोग गर्ने भएका हुन् ।

मेयर कोइरालाले करिब तीन महिना आफ्नै निजी गाडी प्रयोग गरेको तर, निजी गाडीमा इन्धन प्रयोग गर्दा बेरुजु निस्किने भएकाले सरकारी गाडी नै प्रयोग गर्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत  जानकारी गराएका छन् ।

­­­उनले लेखका  छन् 

आदरणीय महानगरवासी दाजुभाइ तथा दिदीबहिनी !

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ । निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु । मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजु देखाउने रहेछ । यसका साथै लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु । महानगरका जनप्रतिनिधि साथीहरू, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न बारम्बार सुझाव आएकाले उहाँहरूको सुझाव नकार्न सक्ने अवस्था नभएको समेत जानकारी गराउँदछु । यो विषय सामान्य भए पनि हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने विचारबाट म सधैं अभिप्रेरित भएकाले महानगरवासीलाई यस विषय जानकारी गराउन उपयुक्त ठानेर अबदेखि मेरो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु ।

नागेश कोइराला

मेयर, विराटनगर महानगरपालिका

प्रकाशित मिति : २०७९, २९ श्रावण आइतबार ००:००  ५ : ५५ बजे