२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवदह नगरपालिकाले चोक चोकमा घुम्ती शौचालय सञ्चालन गर्ने



रूपन्देही । देवदह नगरपालिकाले मुख्य बजार चोकमा घुम्ती शौचालय सञ्चालन गर्ने भएको छ ।

सोमबार बसेको नगरकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। नगरपालिकाका प्रवक्ता गणेश डुम्रेका अनुसार खैरेनी, शितलनगर र भलुही बजार चोकमा घुम्ती शौचालय सञ्चालन गर्ने निर्णय गरेको छ  ।

बैठकले देवदह स्वास्थ्य चौकीलाई दश शैया सहितको देवदह आधारभूत अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । प्रवक्ता डुम्रेका अनुसार २०७९ असोज मसान्तसम्ममा उक्त अस्पताल सञ्चालन एवं व्यवस्थापन गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

त्यसैगरी विभिन्न वडाबाट बेरोजगारमा सूचिकृत हुन आवेदन दिएका १६३ जनालाई बेरोजगार सूचीमा सूचिकृत गरेको बैठकले विभिन्न शीर्षकमा ९ वटा निर्णयहरू गरेको छ ।

प्रकाशित मिति : २०७९, १ भाद्र बुधबार ००:००  ११ : ०३ बजे