२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जथाभावी फोहोर फाल्नेलाई ५० हजार सम्म जरिवाना



सुनसरी । फोहोर व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले  विभिन्न मापदण्डहरू बनाएको छ ।

नगर कार्यपालिकाको बैठकले फोहोर व्यवस्थापनमा वाधा पुर्‍याउनेलाई ५०० देखि ५० हजारसम्म जरिवाना गराउने निर्णय गरेको छ ।

नगरसभाको निर्णय नम्बर १६ मा उल्लेख गरिए अनुसार नगरपालिकाले निर्धारण गरेको स्थानमाबाहेक अन्यत्र फोहोर फोहोर निष्काशन गर्नेलाई ५ हजार र उपमहानगरले संकलन गरेको फोहोरलाई अनाधिकृत रुपमा प्रयोग गर्नेलाई ५०० रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ ।

त्यस्तै, रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने तथा जलाउनेलाई र औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्किने हानिकारक फोहोर जथाभावी फालेमा वा निष्काशन गरेका ५०/५० हजार जरिवाना तिराउने निर्णय गरेको छ ।

नगरपालिकाका अनुसार  वातावारण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५२ को उपदफा ५३ अनुसार कारबाहीको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : २०७९, १ भाद्र बुधबार ००:००  १२ : १८ बजे