तेह्रथुम। मेन्छ्यायेम गाउँपालिकाले युवायुवतीलाई स्वरोजगारमुलक तालिम दिने भएको छ ।
बेरोजगारलाई स्वरोजगार बनाउने उद्देश्यले स्थानीय स्तरमै तरकारी खेती, सिकर्मी, डकर्मी, हाउस वाइरिङ, प्लम्बिङ, सिलाइकटाइ, कृषि उपजको प्याकेजिङ जस्ता तालिम दिन लागेको गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गले अनलाइन सरोकारलाई बताए । उनका अनुसार युवालाई दक्ष बनाउनका लागि गाउँपालिकाले आर्थिक वर्ष ०७९ – ०८० मा ३० लाख रकम विनियोजन गरेको छ ।
आफ्नो क्षेत्रका युवायुवतीलाई तालिम दिन लागेको गाउँपालिकाले जनाएको छ । तालिम सञ्चालनका लागि स्थानीयहरूको माग संकलन गरी माग अनुसारको तालिम दिइनेछ ।
यादवबहादुर खापुङ्ग
अध्यक्ष मेन्छ्यायेम गाउँपालिका











