२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वरोजगारमुलक तालिम सञ्चालन गर्दै मेन्छ्यायेम गाउँपालिका



तेह्रथुम। मेन्छ्यायेम गाउँपालिकाले युवायुवतीलाई स्वरोजगारमुलक तालिम दिने भएको छ ।

बेरोजगारलाई स्वरोजगार बनाउने उद्देश्यले स्थानीय स्तरमै तरकारी खेती, सिकर्मी, डकर्मी, हाउस वाइरिङ, प्लम्बिङ, सिलाइकटाइ, कृषि उपजको प्याकेजिङ जस्ता तालिम दिन लागेको गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गले अनलाइन सरोकारलाई बताए । उनका अनुसार  युवालाई दक्ष बनाउनका लागि गाउँपालिकाले आर्थिक वर्ष ०७९ – ०८० मा ३० लाख रकम विनियोजन गरेको छ ।

आफ्नो क्षेत्रका युवायुवतीलाई तालिम दिन लागेको गाउँपालिकाले जनाएको छ । तालिम सञ्चालनका लागि स्थानीयहरूको माग संकलन गरी माग अनुसारको तालिम दिइनेछ ।


यादवबहादुर खापुङ्ग
अध्यक्ष मेन्छ्यायेम गाउँपालिका

प्रकाशित मिति : २०७९, १ भाद्र बुधबार ००:००  १ : ०० बजे