काठमाडौं । कीर्तिपुर नगरपालिकाले घरबाटै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्र उठाएको छ ।
नगरले बुधबारदेखि फोहोरको वर्गीकरण गरी उठाएको नगरपालिकाकी प्रवक्ता उपप्रमुख सुनिता शाक्यले जानकारी दिइन् ।
‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन,’ उपप्रमुख शाक्यले भनिन् ।

शुभ लक्ष्मी शाक्य (सुनीता) उप– प्रमुख एवं प्रवक्ता कीर्तिपुर नगरपालिका 











