रुपन्देही । ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ कार्यालयमा राष्ट्रिय गीत बजिरहेको छ सरकारी पोशाक लगाएका केही मानिस छातीमा हात राखी गीत गुन गुनाउँदै छन् ।
यो देख्दा लाग्छ यो कुनै विद्यालयको दृश हो र यी त्यहाँका विद्यार्थी तर यो नत विद्यालय हो न यी विद्यार्थी यो त देवदह नगरपालिकाको कार्यालय हो । अनि देखिएका ब्यक्तिहरू नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि हुन् ।
देवदह नगरपालिकाले कार्यालय समय शुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको सुरुवात गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीहरूलाई राखेर कार्यालय समय शुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम सुरुवात बुधबारदेखि गरेको हो । हरेक दिन कार्यालय समय शुरु हुनुपूर्व नेपाली राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो ।
राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा राष्ट्रप्रतिको सम्मान झल्किने कर्मचारीहरूमा आफ्नो कामलाई अगाडि किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले बताए ।
नगरप्रमुख खरेल भने, ‘देवदह नगरपालिकामा (बुधबार) आज देखी सम्पूर्ण कर्मचारीहरूलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको सुरुवात गरेका छौँ, हामी जहाँ रहन्छौ राष्ट्रप्रति को सम्मान गर्नु हाम्रो दाहित्यो हो त्यसले गर्दा सम्भवतः हाम्रा कर्मचारीहरूमा एक खालको जागरुक पार्न सहयोग पुर्याउनेमा बिस्वस्थ छौ ।
देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले यस्तो नियमले देशप्रतिको प्रेमलाई अझ मजबुत बनाउने बताएका छन् । उनले कर्मचारीलाई यो कार्यले काम प्रति सकारात्मक उर्जा दिने बताए । उनले अब प्रत्यय दिन नियमित सञ्चालन हुने समेत बताए ।
‘कार्यालयको आफ्नो साउन्ड सिस्टम छ। ठिक १० बजे राष्ट्रिय गीत ‘प्ले’ हुन्छ। सँगै जनप्रतिनिधि र कर्मचारी दाहिने हात छातिमा राखेर गाउनुपर्छ, नगरपालिकाका कर्मचारी सागर भट्टराईले भने।












