धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।
उनले १०० दिनमा के के काम भयो भनेर सोध्नेहरूलाई जवाफ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
यस्तो छ उनले सार्वजनिक गरेको कामको विवरण:
१ नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ !
२४ ठाउँबाट खानेपानीको मुहान थपेँ !
३ व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४ ६ लाख बिरुवा रोपेँ !
५ सरसफाइमा देखिने सुधार ल्याएँ !
६ प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ !
७ जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ !
८ बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
९ लागु औषध विरुद्धको अभियान सुरु गरेँ !
१० योजनाहरूका लागि बजेटको जोहो गराएँ !
११ पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ !
१२ पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ !
१३ शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ












