२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ वर्ष देखि बन्द सार्वजनिक शौचालयको ताला खुल्यो



रूपन्देही। देवदह नगरपालिकाले निर्माण गर्दाको भुक्तानी चुक्ता नगरेपछि शौचालय निर्माण उपभोक्ता समितिले विरोध स्वरूप गरेको तालाबन्दी खुलेको छ। निर्माण भएको ६ वर्ष पछि लगाइएको ताला तोडे लगतै बिहिबारदेखि सार्वजनिक शौचालय सञ्चालनमा आउने स्थानीय प्रेम थापाले बताए । उनले भने ‘शौचालयमा लगाइएको  ताला पूर्ण रुपमा आजदेखि खुल्यो अब नगरपालिकाले ३ दिन भित्र सञ्चालन नगरे देवदह आवाज समूहले सञ्चालन गर्छ ‘ ।

शौचालयमा किन लगाइएको थियो ताला ? 

तत्कालीन जिल्ला विकास समिति रूपन्देहीको २०७१ -०७२ को बजेटबाट पुर्व पश्चिम राजमार्ग नजिक शितलनगरमा  सार्वजनिक शौचालय निर्माण गरिएको थियो । २०७१ सालबाट काम सुरु गरिएको शौचालय करिब ३ वर्ष पछि पुरा भयो । शौचालय निर्माण गर्दा करिव २४ लाख खर्च भएपनि जिल्ला विकास समिति मार्फत आएको रकम पटक पटक गरेर करिव १५ लाख रुपैयाँ मात्र भुक्तानी दिएको र अन्य पैसा नदिएका कारण शौचालयमा निर्माण समितिलेद्वारा  ताला  लगाइयो । शौचालय निर्माण गर्दा बढि खर्च भएको र नगरपालिकाको प्राविधिकहरूले खर्च मूल्यांकन सही नगरिदिँदा व्यवसायीहरूलाई ल्याएको सामाग्रीको रकम समेत तिर्न नसकेको निर्माण समितिकाअध्यक्ष केशव आर्चायले बताए । उनले शौचालयको ताला तत्कालीन वडा ७ का अध्यक्ष पदम  थापालाई बजाएको जानकारी दिए ।

यता देवदह नगरपालिका प्रवक्ता  गणेश डुम्रेले भने शौचालय निर्माण उपभोक्ता समितिले लागत भन्दा बढि रकम दावी गरेपछि शौचालय सञ्चालनमा आउन नसकेको बताएका  छन्  । देवदह नगरपालिकाका प्राविधिकले गरेको पुनः मूल्यांकनको रकम उपभोक्ता समितिले लान नमानेको उनले बताए। नगरपालिकाले  चाडैनै बैठक बसी यसको निष्कर्ष  निकाल्ने  उनले जानकारी  दिए ।   

वर्षौ सम्म पनि सार्वजनिक शौचालय सञ्चालनमा आउन नसक्दा शौचालय भत्किनुका साथै धाराहरू चोरी भएको छ ।

देवदह नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेपनि सार्वजनिक स्थलमा शौचालय नहुनले व्यवहारमा भन्दा पनि निर्णयमा मात्र सिमित बन्न पुगेको छ । सार्वजनिक शौचालय बनेर पनि सञ्चालन हुन सकेको छैन भने अधिकांश स्थानमा सार्वजनिक शौचालय नै बनेका छैनन् ।

युवाहरुलाई स्थानियस्तरमै रोजगारी दिन्छौ : मेयर खाण

प्रकाशित मिति : २०७९, २ भाद्र बिहीबार ००:००  २ : १५ बजे