२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक बिभागसँग बिद्रोह गरेर आमरण अनशन बस्छु: मेयर पाण्‍डे



रुपन्देही। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्डको ठेकेदारको संरक्षण गर्दै म्याद थप्ने काम भए आफु आमरण अनशन बस्ने घोषणा गरेका छन् । उपमहानगरको कार्यालयमा सडक निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठ सहितको टोलीसँग छलफल गर्ने क्रममा उपमहानगर प्रमुखले ठेकेदारको संरक्षणमा बिभाग लागे आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

उनले निर्माण व्यवसायीले सडक निर्माणको काम नगर्दा बिभागले चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘फेरिपनि जालझेल गरेर ठेकेदारको म्याद थप्ने निर्णय भए म सडक बिभागसँग बिद्रोह गरेर आमरण अनशन बस्छु ।’ उनले भने,- ‘वर्तमान ठेकेदार कम्पनीबाट बुटवलबासीको बिश्वास टुटेको छ ।’

नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न आग्रह गर्दै बुटवलबासीको आक्रोश बढ्दै गएको र म्याद थप भए जे पनि हुन सक्ने चेतावनी दिए । उनले बुटवलको सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीर चासोका साथ काम अघि बढाउन आग्रह पनि गरे ।

प्रकाशित मिति : २०७९, ६ भाद्र सोमबार ००:००  १२ : ३१ बजे