२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले मलाई कमजोर पार्ने काम गरे : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना चकनाचुर भएको आरोप लगाएका छन् ।

चितवनको एक कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा कसरी असफल बनाउने भनी षड्यन्त्र गरेको बताए ।

‘राजनीतिक स्थायित्व र विकास सपना देखेर हामीले नेकपा बनाएका थियौं । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ उनले भने,‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हो त्यो सपना चकनाचुर भयो ।’

ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र आफूलाई कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक कुनै काम नगरेको प्रचण्डको टिप्पणी थियो ।

‘पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र प्रचण्डलाई चितवनमा कसरी असफल पार्ने भन्नेबाहेक प्रधानमन्त्रीका रूपमा मेरा अर्का सहअध्यक्षबाट अरु केही भएन । म प्रष्ट भन्न चाहन्छु,’ उनले भने ।

प्रकाशित मिति : २०७९, ८ भाद्र बुधबार ००:००  २ : ४७ बजे