२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा प्लाष्टिकजन्य बस्तु निषेध



कैलाली । धनगढी उपमहानगरपालिमा असोज १ गतेदेखि प्लाष्टिकको सामान बिक्री वितरण गर्न निषेध गरिएको छ ।  पालिकाले एक सूचना जारी गर्दै उपमहानगरभित्र प्लाष्टिक तथा प्लाष्टिकजन्य सामान विक्री गर्न निषेध गरेको जनाएको हो ।

हाम्रो धनगढी हामी बनाउँछौ भन्ने अभियान अन्तर्गत सरसफाई वर्षको रुपमा मनाउन पालिकाले सो निर्णय गरेको हो । सूचना अनुसार सूर्तीजन्य वस्तुहरू, प्लाष्टिकजन्य गिलास, कप, झोलाजस्ता सामग्रीहरु विस्थापित गर्न अत्यावश्यक रहेकोले सो सामग्री विक्री वितरणमा असोज १ गते निषेध गरिएको हो ।

पालिकाले खोलानाला, सडक, ढल तथा सार्वजनिक क्षेत्रका जथाभावी फोहोर नफाँक्न समेत नगरवासीसमक्ष अनुरोध गरेको हो । सडक पेटीमा निर्माण सामग्री राखेकोले सडक साँघुरो भएको र सो सामग्री हटाउन समेत पालिकाले सोही सूचनामार्फत अनुरोध गरेको छ ।

पालिकाले दिएको निर्देशन पालना नगरेमा कानुन बमोजिम कारबाही गर्ने पालिकाले जनाएको छ । खोलानालामा ढल मिसाउनेलाई १० हजार र अन्य फोहोर फ्याक्नेलाई एक हजार देखि ३ हजारसम्मको जरिवाना गर्ने पालिकाले जनाएको छ

प्रकाशित मिति : २०७९, ११ भाद्र शनिबार ००:००  १२ : ०४ बजे