२०८२, १३ चैत्र शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज मोतीराम भट्टको १५७औँ जन्मजयन्ती



काठमाडौं । युवा कवि मोतीराम भट्टको १५७औँ जन्मजयन्ती मनाइँदै छ ।

साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै  जन्मजयन्ती मनाउँदै छन्।

राष्ट्रिय विभूतिसमेत रहेका उनको १५६ वर्ष पहिले विसं १९२३  भाद्र कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्म भएको थियो ।

नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्ध पनि कलम त्यत्तिकै बलियो रहेको थियो । कुशे औँसीका दिन जन्मेका उनको वि।सं। १९५३  कुशे औँसीकै दिन ३० वर्षको  अल्पायुमै निधन भएको थियो । शृङगार रसलाई केन्द्रविन्दुमा राखेर उनले गजल रचना गरेका थिए ।

युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनको साहित्य रचना मात्र नभइ पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकार बताउँछन् ।

प्रकाशित मिति : २०७९, ११ भाद्र शनिबार ००:००  १२ : ०९ बजे