२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिदै शंखरापुर नगरपालिका



काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले अनलाइन सरोकारलाई  जानकारी दिए  ।

अस्पतालमा उपलब्ध सेवामध्ये सात स्वास्थ्य सेवा पूर्णरुपमा निःशूल्क र ११ स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशत छुट हुनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए  । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा.सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको हो  ।

नगर प्रमुख नापितले न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बञ्चित भएका नगरवासी सम्झौताबाट लाभान्वित हुने  बताएका  छन्   ।

प्रकाशित मिति : २०७९, १३ भाद्र सोमबार ००:००  ११ : ३३ बजे